कारले ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

- Advertisement -

नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा

नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट

गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । फाईल फोटो

बाँकेमा धार्मिक महोत्सव सुरु असहाय तथा ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्न नेपालगञ्जमा निलसागर बाँके धार्मिक महोत्सव सुरुआत गरिएको छ । संस्थाको निर्मार्णाधीन भवनलाई पूरा

गर्न बजेट अभाव भएकाले धार्मिक महोत्सव गरिएको आयोजकले जनाएका छन । निल सागर सेवा आश्रमका उपाध्यक्ष अमन सुवेदीले आश्रममा असहायको सङ्ख्या बढ्दैजाने र आर्थिक स्रोत

नहुँदा धान्न नसक्ने अवस्था आएपछि आश्रमले महायज्ञ गरेर आर्थिक स्रोत जुटाउन महोत्सव गर्न लागेको बताउनुभयो । उपाध्यक्ष सुवेदीले पवित्र कार्यको महायज्ञ लगाएकाले त्यसले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

महायज्ञ दैनिक बिहान ६ देखि १० बजेसम्म, बेलुका ६ देखि राति १२ बजेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जमा गर्मी हुने भएकाले दिउँसोहायज्ञका कार्यक्रम नराखेको आयोजकले जानकारी दिएका छन् ।

उहाँले धार्मिक कार्यमा सहभागी भएर लाभ उठाउन र असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभयो । आश्रमले महायज्ञको प्रचारका क्रममा जङ्गलमा एक मनोसामाजिक समस्या

भएका करिब ४० वर्षीय व्यक्तिलाई भेटेपछि उद्धार गरेर आश्रम ल्याएको छ । महायज्ञको पहिलो दिन नरैनापुर गाउँपालिकाले रु पाँच लाख सहयोगको घोषणा गरेको छ । वैशाख ४ गतेसम्म

सञ्चालन हुने सो महोत्सवमा पण्डित नाराण न्यौपानेसहित तीन जनाले प्रवचन दिनुहुनेछ । महोत्सवमा नगदभन्दा पनि भौतिक सामग्रीलाई जोड दिइएको उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । बाँकेस्थित आश्रममा कूल १७२ जना भएकोमा अभिभावकविहीन बालबालिका ४५ र अन्य छ जना रहेका छन् । यस आश्रमको दाङ, पाल्पा, बर्दियाको गुलेरियामा शाखा छ ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार