खुमलटारको उडान

- Advertisement -

२८ चैत, काठमाडौं । सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लब एउटै जिल्लाका मात्र हैन, एउटै टोलका हुन् । यी दुई क्लब ललितपुर महानगरपालिका वडा ‍नं. १५ बाट प्रतिनिधित्व गर्छन् ।

२०७६ सालको बी डिभिजन लिगमा यी दुई क्लबबीच ए डिभिजनमा उक्लन टक्कर चलेको थियो । अन्तिममा सातदोबाटोले बाजी मार्‍यो र च्याम्पियन बन्दै पहिलो पटक ए डिभिजनमा बढुवा भयो । त्यसपछि सातदोबाटोले ए डिभिजनमा पहिलो पटक खेल्दा शानदार प्रदर्शन गर्दै चौथो स्थानमै लिग सकायो । त्यसबाट पनि केही

हदसम्म खुमलटारलाई प्रेरणा मिल्यो । अघिल्लो पटक एक टिम मात्र बढुवा हुने भएकोले दोस्रो भएको खुमलटार बी डिभिजनमै रह्यो ।टोलाई बधाई र शुभकामना दिएको खुमलटारले

हिम्मत हारेन । जसरी पनि शीर्ष डिभिजनमा उक्लने लक्ष्य बनायो । यस पटक पनि खुमलटार बी डिभिजन लिगमा दोस्रो भयो । अखिल नेपाल फुटबल संघले यस पटक ए डिभिजनबाट दुई क्लब घटुवा गर्‍यो ।

बी डिभिजनबाट पनि शीर्ष दुई क्लब नै बढुवा गर्ने प्रावधान राखेको थियो । त्यसैले उपविजेता बन्दै खुमलटारले ए डिभिजनको उडान भर्न सफल भएको छ । यसबाट क्लबका खेलाडी, पदाधिकारी, टोलबासी,

सहयोगी, प्रायोजक सबैलाई खुशी बनाएको छ । अब यस खुशीलाई कायम राख्दै ए डिभिजनमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती खुमलटार सामु आएको छ । ‘गत सिजन दोस्रो भएको थियो । तर एक टिम मात्र

बढुवा हुने भएकोले सातदोबाटो माथि उक्लियो । हाम्रो लागि ए मा आउन चुनौती थियो यसपाली । त्यसैका लागि नै हामीले तयारी गरेका थियौँ । सबैको साथ र सहयोगले सफल भयौँ ।’ पहिलो पटक ए डिभिजन लिगमा

बढुवा भएपछि खुमलटारका अध्यक्ष मणिराज विष्टले अनलाइनखबसँग खुशी साटे । मेहनत र भाग्यले सफल खुमलटारले जसरी मेहनत गरेको थियो त्यसको फल मिलेको छ । गत सिजन निकै नजिक

पुगेर पनि ए मा जानबाट बन्चित भएको खुमलटारको हकमा यस पटक मेहनत र भाग्य दुवैले साथ दियो । क्लबका लागि खेलाडीदेखिसम्मको सहयोग त थियो नै अन्तिम खेलमा भाग्यले पनि साथ दियो ।

‘हामी सुरु देखि नै प्रमोट हुनुपर्छ भनेर खेलका हौँ । त्यसैका लागि मेहनत गरेर लागिरहौँ ।’ अध्यक्ष विष्टले भने । यस्तै अन्तिम खेलको नतिजा र आरसीटीलाई हराउनु पनि खुमलटारका लागि बरदान सावित भयो ।

यो पनि पढ्नुहोस खुमलटारले आरसीटीलाई हरायो आइतबार लिगको अन्तिम खेलमा खुमलटारले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सामाजिक युथ क्लबसँग खेल्दा उहि समयमा दशरथ रंगशालमा

रानी पोखरी कर्नर टिम (आरसीटी) ले टुसाल युथ क्लबसँग खेल्दै थियो । यी दुई खेलले चार क्लबको भाग्य निर्धारण गर्ने थियो । खेल अघिसम्म आरसीटी २१ अंकसहित दोस्रो स्थानमा थियो र ए डिभिजनमा

उक्लन प्रबल दाबेदारको रुपमा थियो । उता खुमलटार १९ अंकसहित तेस्रोमा थियो । दुवै खेल बराबरीतर्फ अघि बढेको थियो । तर इन्जुरी टाइममा आत्मघाती गोलको मदद्तमा खुमलटारले

खेल २-१ ले जित्यो । अर्कोतर्फ आरसीटी भने टुसलासँग गोलरहित बराबरीमा रोकियो । खुमलटार बराबरीमा रोकिएको अवस्थामा आरसीटी बराबरी र वा हारको नतिजाले पनि बढुवा हुने थियो ।

तर अन्तिममा खुमलटारको जित र आरसीटीको बराबरीपछि दुवैको समान २२ अंक भयो । यस्तोमा गोल अन्तर पनि आरसीटीकै बढी थियो । तर हेड टु हेडको नियम भएकोले खुमलटारले यसअघि

आरसीटीलाई पराजित गर्दाको नतिजा निर्णायक बन्यो । आफ्नो टिमको खेल सातदोबाटोमा चलिरहँदा रंगशालमा आरसीटीको खेल हेर्न पुगेका मणिराज विष्ट भने टिमले आफ्नो प्रकृति अनुसार खेलेको र

भाग्यले पनि साथ दिएको बताए । ‘आरसीटी पनि पुरानो क्लब । उनीहरुलाई माथि चढ्ने इच्छा थियो । एउटा तल एउटा माथि जाने थियो । हाम्रो आफ्नो प्रकृतिको गेम खेलेको हो । अब भाग्यले पनि काम गर्‍यो ।’

खुमलटार क्लबका उपाध्यक्षलगायत पदाधिकारी सातदोबाटोमा रहँदा मणिराज भने विशेष रुपमा रंगशालमा खेल हेर्न पठाइएका थिए । जहाँ खेलको अपडेट गराउने उनको काम थियो ।

१४ क्लब सहभागी लिगमा सिंगल राउण्ड रोविनका आधारमा खेल भएको थियो । जसमा खुमलटारले पहिलो खेलमै आरसीटीलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । त्यसपछि प्रदर्शनमा उतारचढाव आयो ।

८ खेल खेल्दा जम्मा ३ खेल मात्र जितेर खुमलटारको ९ अंक मात्र थियो । तर त्यसपछिको पाँच खेल (चार जित र एक बराबरी) अपराजित रहँदै १३ अंक जोड्यो । खुमलटारमा कप्तान सविन केसी ३० कटिसकेका

खेलाडी भए पनि अरु धेरै खेलाडी नयाँ नै थिए । क्लबले ट्यालेन्ट हन्टमार्फत नयाँ क्षमतावान खेलाडीहरु अनुबन्ध गरेको थियो । त्यसैले सुरुमा नतिजा नआए पनि हामी सक्छौँ भन्ने भावनाले गर्दा खुमलटारले

सफलता हात पार्न सफल भयो । चौथो प्रयासमा सफल २०६१ सालमा स्थापना भएको खुमलटारले १८ वर्षपछि ए डिभिजन खेल्ने हैसियत बनाएको छ । तर यसका लागि यात्रा सहज भने थिएन । २०६४ सालमा सी

डिभिजन क्वालिफार खेल्दै सी डिभिजनमा बढुवा भएको खुमलटारले बी मा उक्लन पनि ६ वर्ष कुर्नुपरेको थियो । २०७० मा सी डिभिजन च्याम्पियन बन्दै खुमलटार बीमा उक्लेको थियो ।

त्यसपछि खुमलटारले चार पटक बी डिभिजन लिग खेल्यो र चौथो प्रयासमा एमा उक्लन सफल भएको हो । २०७२ सालको भुकम्प पछि बिचमा केही वर्ष लिग भएन र खुमलटार बी डिभिजनमै यथावत रह्यो ।

पहिलो पटक बी डिभिजन लिग खेल्दा पाँचौ स्थानमा रहेको खुमलटार २०७५ मा रेलिगेसन बिनाको लिग हुँदा समूह एमा पाँचौ भएको थियो । २०७६ मा दोस्रो भएको थियो । कोभिड-१९ ले २०७७ मा लिग

भएन । २०७८ मा आएर फेरि दोस्रो हुँदा भने खुमलटार शीर्ष डिभिजनमा उक्लन सफल भयो । खुमलटारको ए डिभिजन लिगमा स्थान बनाउँदा क्लबमा चार खेलाडी निरन्तर खम्बाको रुपमा रहिरहे ।

कप्तान सविन केसीसहित आशिष सोनाम, मिलन बुढाथोकी र अनिल खड्का सी डिभिजन छनोट अहिलेसम्म खुमलटारमै छन् । उनीहरुले निरन्तर खेल्दा क्लबलाई पनि सहयोग पुगेको अध्यक्ष मणि राजले बताए। ‘उनीहरु

टिममा हुँदा सकरात्मक उर्जा मिल्छ’, उनी भन्छन् । अहिले राष्ट्रिय टोलीका सदस्य रहेका आयुष घलान र प्रशान्त अवस्थीले पनि यसअघि खुमलटारबाट खेलिसकेका छन् । ए डिभिजनमा चुनौती र एकेडेमी लक्ष्य

ए डिभिजनमा रहिरहन क्लबहरुलाई सहज छैन । फागुनमा सम्पन्न ए डिभिजन लिगमा मज्जाले खर्च गरेको च्यासल युथ क्लब रेलिगेसनमै पर्‍यो । प्रायजसो क्लब एमा बढुवा भएको एक-दुई सिजनमै रेलिगेसनमा परेका

उदाहरणहरु पनि छन् । तर यसै सिजन सातदोबाटोले त्यो पम्परालाई केही बदसम्म चिर्दै जायन्ट किलरको छवी नै बनायो । त्यसले पनि खुमलटारलाई प्रेरणा मिल्न सक्छ ।

तर ए डिभिजनमा चुनौती हुन्छ भन्ने क्लबले पनि बुझेको छ । मा टिक्न मुख्य कुरा आर्थिक रुपमै सफल हुनुपर्ने र त्यसका लागि क्लबले सोच्न थालिसकेको अध्यक्ष मणिराजले बताए ।

‘सबैभन्दा मुख्य पाटो भनेको आर्थिक पक्ष हो । त्यसैमा ध्यान दिनुपर्छ । सबैसँग कुरा गरिराखेका छौँ । सबैको साथ छ । आश्वासन पनिभएकोले पनि हामीलाई ए मा उक्लन उर्जा मिल्यो’, मणिराजले भने ।

हाम्रो सबै खेलाडी म्यानेजर सबैको सकरात्मक सोचले पनि काम गर्‍यो । त्यसैले अब आर्थिक रुपमा सफल हुनुपर्ने पहिलो प्राथमिकता रहेको उनी बताउँछन् । भन्छन्, ‘आर्थिक पाटो बलियो बनाएर जानुपर्छ ।

अहिले सबै क्लबो समस्या नै यही हो । त्यो भएन भने अन्य कुरा सोचेर केही हुन्न । त्यसैले क्लबलाई सबैले सहयोग गरेका छन् । सहयोग गर्न इच्छा राख्नेहरु छन् । हामीलाई त्यसको लागि मोटिभेसन मिलेको छ ।’

यो पनि पढ्नुहोस चर्च ब्वाइजको सपना पूरा भएको क्षण यस्तै खुमलटारले अब एकेडेमी निर्माण गर्ने र एएफसी क्लब लाइसेन्स प्राप्त गर्नेषयमा पनि सोचिसकेको छ । त्यसका लागि एक वर्षदेखि नै सम्बन्धित

निकायसँग छलफल गरिरहेको अध्यक्ष विष्टले बताए । ‘एकेडेमी बनाउनुपर्छ भनेर सोचिराखेका छौँ । २-३ स्कुलसँग ‘युलेन्स-प्रिमियर’सँग कुरा पनि गरेको हो । साझेदारी गरेर अघि बढ्नुपर्छ । त्यसो नगरे कसैले क्लब चलाउननै सक्दैन । त्यसका लागि हामीले एक वर्ष देखि तयारी पनि गरिराखेका छौं’, अध्यक्ष मणिराजले भने । एकेडेमी फुटबल विकासका लागि मुख्य आधार रहेको उनको ठहर छ ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार