ऊनको अभावमा गाउँघरमा चर्खा चल्न छाडे

- Advertisement -

गलेश्वर । उत्तरी र पश्चिमी म्याग्दीमा व्यावसायिक रुपमा भेडापालन हुँदै आएपनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको

ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा ऊनका कपडा नै गाउँघरबाट लोप हुन थालेका स्थानीयवासीले बताएका छन् ।भेडापालनबाट गाउँलेले राम्रो आम्दानी गर्दै आएका भएपनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिंदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानको ध्यान जान सकेको छैन ।

भेडाको रौं निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए ।

भेडाको रौंबाट बनेका ऊनका कपडाको माग देश-विदेशमा समेत उच्च रहेपनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्नेक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक किसानको भनाइ छ ।

ऊनबाट बन्ने कपडा (हापदुला, काम्लो, बख्खु, घुम)को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ । गाउँघरका बूढापाकाले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवापुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर

कपडा बनाउने सीप भाव छ । उनीहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर पैसा कमाउनतर्फ आकर्षित हुँदागाउँघरमा चर्खा चल्न छाडेको मालिका गाउँपालिका-५ देवीस्थानका टेकबहादुर बुढाले बताए ।

धवलागिरि गाउँपालिका-५ की तेजमाया विक उमेरले ७१ वर्षकी भइन् । जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौंबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन

पनि छोडिन् । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ । तेजमायाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन् । रौंबाट बन्ने कपडा बुन्न उनले हजुरआमाबाट सिकेकी हुन् ।

‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखें, त्यसपछि मैले पनि बुन्न थालें । तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,’ उनले भनिन्, ‘अहिलेका पुस्ताले

यस्ता काम गर्नै जान्दैनन्, चासो पनि दिंदैनन् । हाम्रो शेषपछि यी सबै कुरा हराएर जान्छन्न् होला ।’ अहिलेका पुस्ताले परम्परागत सीपकोप्रति उनी चिन्तित छिन् । ‘अहिलेका केटाकेटीहरु पुरानो जमानाका

कुरालाई खुइले कुरा भन्छन्, चासै दिंदैनन् । हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाङ्नालाई हामीसँगै पोलिदिन्छन्,’ उनी भन्छिन् । ऊनबाट बुनेको कपडाको मूल्य पाँचहजारदेखि ५० हजार

रुपैयाँसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरुको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

उनले पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएको बताए । नयाँ-नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ । ‘

पहिले पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउनेगरेको पाइन्छ,’ मालिका गाउँपालिका-७ बिमका कर्मबहादुर जुग्जालीले भने, ‘यस्ता कपडा वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुनेले बुझेका र किन्न सक्ने मानिसहरुले खोजी गर्ने गर्छन् ।’

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार