केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव

- Advertisement -

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् ।

उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ । केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् ।मेहेन्दी उत्सवमा केकीका परिवारका सदस्य

र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो । किन चल्यो विवाहको हल्ला ? केकीको विवाहको खबरले बुधबार दिनभर फिल्म क्षेत्रतातियो । उनले गुपचुप विवाह गरेको खबर समेत बाहिरियो,

तर त्यसको पुष्टि गर्ने आधार भने थिएन । केकीका नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नभएको बताएका थिए । केकीका नजिकका साथी मानिने अभिनेत्री बेनिशा हमाल,

ऋचा शर्मा र निर्देशक विशाल भण्डारीले केकीले विवाह गरेको विषयमा अनभिज्ञता प्रकट गरे । बेनिशाले भनिन्, ‘केकीको बिहेबारे मलाई थाहा नहुने कुरै हुँदैन ।

मलाई थाहा नदिई त कसरी बिहे गरिन् होला र ? यो कुरामा सत्यता छैन ।’ यस्तै निर्देशक विशाल र अर्की अभिनेत्री ऋचाले पनि केकीले विवाह गरेको हल्ला सुनेको तर सत्य नभएको बताएका थिए । यद्यपि केकीले सामान्य तरिकाले विवाह गर्ने कुरा भने पहिलेदेखि नै बताउने गरेको विशालले बताएका थिए ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार