हिजो खुशी हुदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किए…. हेर्नुहोस भिडियो

- Advertisement -

दक्षिण कोरियामा एक नेपाली कामदारद्वारा होस्टेलमा सुतिरहेका आफ्नै रुममेटलाई धारिलो छुरा प्रहार गरी हत्या गरेका छन् । पाँचथर घर भएका २९ वर्षीय राजेश बुढाथोकीले नुवाकोट घर भएका प्रकाश बिकलाई छुरा प्रहार गरी हत्या गरेको उक्त कम्पनीमा कार्यरत एक नेपालीले बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

बुढाथोकी एक महिनाअघि मात्रै कोरिया प्रवेश गरेका थिए भने बिक पाँच महिनाअघि कोरिया पुगेका थिए । बुढाथोकी भने तीनचार वर्षअघि पनि कोरिया पुगेका थिए । तर, डिप्रेसनको शिकार भएका कारण नेपाल फिरेका उनी पुन इपिएस परीक्षा दिएर कोरिया पुगेको उनका एक सहकर्मीले नेपाल प्रेसलाई बताए ।

प्रत्यक्षदर्शीका अनुसार मध्यराति अचानक बुढाथोकीले बचाउ बचाउ भनेपछि निदाइरहेका होस्टेलका सबै कामदार जम्मा भएका थिए । हातमा चक्कु लिएर निस्किएका बुढाथोकीले असामान्य व्यवहार देखाएपछि सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा बिक मृत अवस्थामा थिए भने बुढाथोकी आफ्नै घाँटीमा चक्कु प्रहार गरी लडेको अवस्थामा थिए । केही समय ढिला भएको भए आरोपीको पनि ज्यान जाने अवस्था भएको एक प्रत्यक्षदर्शीले बताए । हाल बुढाथोकीको प्रहरीको रोहबरमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

थप समाचार : सुर्खेत घटना : कुटपिट गरी हत्या गरेकाे आराेपमा पाँच जना पक्राउ
वीरेन्द्रनगर नगरपालिका-१० पटानटोल बस्ने २० वर्षीय रोशन जिसीको कुटपिट गरी हत्या गरेको आराेपमा पाँच जना पक्राउ परेका छन्। तीजको नाच हेर्ने क्रममा झडप हुँदा जिसीलाई कुटपिट गरेकाे अभियाेगमा प्रहरीले सोही ठाउँ बस्ने २२ वर्षीय ओम प्रकाश सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

उनीहरूलाई मंगलबार साँझ नै प्रकाउ गरिएकाे थियाे। कुटपिटबाट घाइते जिसीकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार