अछाममा पहिरोमा परि १७ जनाको मृत्यु, मनमा दया हुनेले Rip लेख्नुहोस

- Advertisement -

काठमाडौं । अछामका विभिन्न ठाउँमा पहिरो जादाँ अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार

गाउँपालिकाका ४ ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको हो भने ६ जना बेपत्ता तथा ११ जना घाइतेको उद्धार भइसकेको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार जिल्लाको कमलबजार नगरापलिका वडा नम्बर ६ मा गएको

पहिरोमा परेर ७ जना, कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा गएको पहिरोमा परेर ५ जना, तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ५ मा गएको पहिरोमा परेर ४ जना

र ढकारी गाँपालिका वडा नम्बर ५ मा गएको पहिरोमा परेर १ जनाको मृत्यु भएको छ । तुर्माखाद गाउँपालिकाका वडा नम्बर ५ मा गएको पहिरोमा ५ जना र ढकारी गाउँपालिका वडा

नम्बर ६ मा गएको पहिरोमा एक जना गरेर जम्मा ६ जना अझै बेपत्ता रहेका निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ६ मा गएको पहिरोबाट ७ जना घाइतेको उद्धार भएको छ भने सोहि नगरपालिकाको वडा

नम्बर ८ मा गएको पहिरोबाट पनि एक जना घाइतको उद्धार भएको छ । ढकारी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोबाट पनि ३ जनाको उद्धार भएको छ । तीन वटै स्थानीय तहका ४ ठाउँमा गएको पहिरोमा परेर जम्मा ३४ जना प्रभावित भएका छन् ।

- Advertisement -

ट्रेन्डिङ

सम्बन्धित समाचार