पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सरु एक्लैले गरिन् १० गोल, सम्मान स्वरुप १ शेयर गरौँ


२५ फागुन, काठमाडौं । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली महिला फुटबल खेलाडीहरुले गोलको वर्षा गरेका छन् ।

नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो । जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको मासा युनाइटेडका लागि सरु लिम्बु एक्लैले १० गोल गरिन् ।



सरु गत फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगको उत्कृष्ट खेलाडी हुन् । यस्तै अनिता केसीले ६ गोल गरिन् भने डिफेन्डर गीता रानाले एक गोल

गरिन् । मासाका लागि जारा इकबाल र सम्रोज समरिनाले एक/एक गोल गरिन् । पहिलो हाफमा ९ गोल गरेको मासाले दोस्रो हाफमा १० गोल गरेको थियो ।



Leave a Comment