हातमा पैसा टिक्दैन ! यसो गर्नुहोस् :


पैसा कमायो तर गुमिहाल्यो भने त्यसको महत्व नै छैन आजको समयमा पैसाको बचत गर्न नसक्ने मानिस समाजमा गनिदैन नै आजको समयमा सबैभन्दा बढी मेहनत पैसा कमाउनमा लाग्छ

यहाँ सम्म कि यसको महत्व हाम्रो जिवनमा कति सम्म रहन्छ कतिपयलाई ख्याल नै हुदैन तर यति मेहनत गरेर कमाएको पैसा हाम्रो पर्समा टिक्दैन, यसैले कुनै समयमा ठुलो समस्या उत्पन्न गर्न सक्छ । यो यस्तो प्रकारको चिज हो जुन तपाई जहाँ जादा पनि भुल्न सक्नुहुन्न किनकी यसमा हाम्रो अत्यन्तै महत्वपूर्ण चिजहरु राखिएको हुन्छ



जस्तै एटीएम कार्ड, लाईसेन्स, आइडेन्टी कार्ड, परिचय पत्र तथा यस्तै बिभिन्न प्रकारका दैनिक जिवनमा प्रयोगमा आउने महत्पूर्ण कुराहरु ।यस्ता प्रकारका चिजहरुले मानव जिवनमा महत्वपूर्ण स्थान कायम गरेका हुन्छन्

यो संगसंगै सबैभन्दा महत्वपूर्ण कुरा के हो भने पैसा, शायदै अब त बुझिसक्नु भयो होला हामी पर्स र पैसाको बिचको अन्तरसम्बन्धलाई जोड्दै छौ यी सबै चिजहरु हुदा हुदै पनि पर्समा पैसा रहन सकेन भने सायदै तपाईलाई खिन्नता उत्पन्न हहुन सक्छ ।

प्राय मानिसहरु पर्सको प्रयोग गर्दैनन् किनकी पर्समा पैसा राख्दा सह रंहदैन, अथवा पैसाको बचत हुन सक्दैन, खर्च हुन्छ भन्ने मान्यता राख्दछन् । जसकारण पर्स प्रयोग गर्न उनिहरुलाई त्यती उचित लाग्दैन वास्तु शास्त्र ले पनि यसलाई दरिद्रताको एक कारण मान्दछ ।

वास्तुसास्त्रका अनुसार तपाई आफ्नो पर्समा माता लक्ष्मीको एउटा तस्वीर राख्नुहोस्, यस्तो पनि मानिन्छ कि माता लक्ष्मीको तस्वीर राख्नाले लक्ष्मी प्रसन्न भएका बेला तपाईको पर्समा पनि आउन सक्छीन् ।

तपाईको पर्स कहिल्यै खालि हुदैन यदि यसो गर्दा पनि अधिक मात्रामा खर्च भइरहेको छ भने केही चुट्की चामल राख्नुहोस यसो गर्दा तपाईको अनावस्यक खर्च हुन पाउदैन ।



यदि तपाई आफ्नो पर्समा पैसा टिकाउन चाहनुहुन्छ भने खाने चिजहरु पर्समा भुलेर पनि नराख्नुहोस । बरु पबित्र चिजहरु राख्नुहोस । कण्डम जस्ता चिजहरु पनी पर्समा नराख्नुहोस । धार्मीक चिजहरु पनि पर्समा राख्न सक्नुहुनेछ, जस्तै रुद्राक्ष पनि एक हो । यसो गर्नाले धनधान्य बृद्धी हुने संभावना रहन्छ ।

वास्तुसास्त्रका अनुसार एउटा अर्को उपाय पनि बताइएको छ की, शायद यस्तो उपाय तपाई हरुलाई अलि अचम्मको लाग्न सक्छ । तर यस उपायले पनि फाइदा लिन भने अवस्य पनि सकिन्छ ।

यसको लागि गाइको गोवर आफ्नो पर्समा राख्नुपर्नेहुन्छ । यसबाट महालक्ष्मी को बास गर्ने संभावना रहन्छ । जसकारण बेफजुल खर्च हुनवाट रोकिने संभावना रहन्छ ।

वास्तुशास्त्रका अनुसार अर्को उपायपनि बताइएको छ कि तपाईको मनोकामना एउटा रातो कागजमा लेखेर रातो रंगको खाममा राखेर पर्समा राख्नुहोस, यसले तपाईको मनोकामना पूरा हुने संभावना रहन्छ ।

यसैगरी प्राचीन ऋषिमुनिहरूले आफ्नो सूक्ष्म तथा दिव्य दृष्टिका माध्यमबाट जविनका थुप्रै गूढ रहस्यहरूलाई बुझेर त्यसलाई सामान्य मानिसले समेत बुझ्नसक्ने बनाइदिएका छन् । कतिपय ज्योतिष ग्रन्थमा लक्षण तथा सपनाका बारेमा बताइएको छ ।

यिनमा आफ्ना वरिपरि भइरहेका घटनाहरू, सपना, बोटबिरुवा, पशुपक्षी तथा मानिस आदिका कुनै विशेष लक्षण हेरेर आफ्ना लागि उक्त कुराले शुभ वा अशुभ के कुराको संकेत गर्छ

भनेर थाहा पाउन सकिन्छ यीमध्ये कतिपय लक्षणले कहिले र कसरी धन प्राप्त हुन्छ भन्ने कुराको संकेत गर्छन् । के छन् त त्यस्ता संकेत ? हेरौँ,शरीरको दाहिने भागमा अथवा दाहिने हत्केलामा लगातार चिलायो भने छिटै

धनलाभ हुँदै छ भन्ने बुझ्नुपर्छ कसैले सपनामा आफूमाथि कानुनी मुद्दा चलाइएको र त्यसमा आफूले निर्दोष भएर सफाइ पाएको देख्यो भने सम्झनुपर्छ, उसलाई अतुल धनसम्पत्ति प्राप्त हुँदै छ ।

लेनदेनका क्रममा पैसा हातबाट खस्यो भने धनलाभ हुँदै छ भन्ने संकेत पाइन्छ सपनामा मुँगा, मोती हार, मुकुट आदि देखियो भने घरमा लक्ष्मीको स्थायी निवास हुँदै छ भन्ने बुभ्mनुपर्छ सपनामा

कुमालेले भाँडा बनाइरहेको देखियो भने अपार धनलाभ हुन्छ बिहान उठ्नासाथ कुनै भिखारी माग्न आयो भने आफूले उधारो दिएको पैसा नमागिकनै छिटै प्राप्त हुँदै छ भन्ने बुभ्mनुपर्छ ।

विहिबारका दिन पहेँलो लुगा लगाएकी कन्या देखिए त्यो धन प्राप्त हुने कुराको संकेत हो धनसम्बन्धी कामका लागि कतै जान कपडा लगाउने क्रममा खल्तीबाट पैसा झर्‍यो भने त्यो धनप्राप्तिको संकेत हो सपनामा आफूले कसैलाई पैसा उधारो दिएको देखियो

भने अत्यधिक धनप्राप्ति हुँदै छ भनेरबुझ्नुपर्छकतै जाँदा न्याउरी मुसाले बाटो काट्यो अथवा न्याउरी मुसो देखियो भने त्यो शुभ संकेत हुन्बहान उठ्नेबित्तिकै न्याउरी मुसो देखियो भने त्यो गुप्त धन मिल्ने सम्भावनाको संकेत हो ।

सपनामा पाकेको सुन्तला देखियो भने चाँडै नै अपार धन प्राप्त हुनेछ शुक्रबारका दिन कैली गाई देखियो भने कहीँ कतैबाट अचानक पैसा प्राप्त हुँदै छ भन्ने बुभ्mनुपर्छ

आफूले फल खाइरहेको सपना देखियो भने पनि धनलाभ हुन्छ कुकुरले अचानक जमिनमा टाउको दल्यो र बारम्बार त्यसो गरिरह्यो भने त्यो ठाउँमा गाडिएको धन हुनसक्छ ।

सपनामा आफूले पिसाब, वीर्य, दिसा वा उल्टी सेवन गरेको देखियो भने पक्कै पनि महाधनी भइन्छ । सपनामा ऊँट देखियो भने अपार धनलाभ हुन्छ सपनामा आफूलाई तालुखुइले देखियो भने पनि अतुल धनप्राप्ति हुन्छ सपनामा खेतमा पाकेको गहुँ देखियो भने पनि छिटै नै धनी भइन्छ सपनामा दाहिने हातमा निख्खर सेतो सर्पले डस्यो भने त्यो व्यक्ति अपार धनसम्पत्तिको मालिक बन्छ ।



Leave a Comment