धेरैलाईं थाहा हुदैन ? विवाहपछि युवतीमा आउँछ यस्ता ७ परिवर्तन…


विवाहपछि युवतीले आफ्नो घर छोडेर नयाँ घरमा बस्नु पर्ने हुन्छ । नयाँ घरको चाल चलनलाई अपनाउनु पर्ने हुन्छ । महिलाले विवाहसँग घर मात्रै परिवर्तन गरेका हुँदैनन् सम्बन्ध पनि परिवर्तन भएका हुन्छन् ।

छोरीबाट बुहारी बनेका हुन्छन् । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ । छोरी या युवतीबाट बुहारी बनेपछि महिलामा केही परिवर्तन आउँछ । जे सुकै परिवर्तन आएपनि त्यसको सकारात्मक वा नकारात्मक प्रभाव पतिलाई पर्छ ।



शरीर –विवाह भन्दा पहिला युवतीहरुले आफ्नो फिगरलाई विशेष ध्यान दिने गरका हुन्छन् । राम्रो फिगरका लागि खानपानमा पनि विशेष ध्यान दिएका हुन्छन् । तर विवाह पछि उनीहरुको ध्यान अन्तै केन्द्रित हुन जान्छ । उनीहरु विवाह भन्दा पहिला शरीरलाई स्फूर्त राख्नका लागि निकै मिहेनत गर्छन् तर विवाह पछि कसलाई देखाउनु छ र ? भन्दै वेवास्ता गर्छन् । जसका कारण शरिर बिग्रन सक्छ ।

अल्छि – विवाहभन्दा पहिला घरमा सबै काम गर्ने युवती विवाह गरेपछि केही अल्छि हुन्छन् । उनीहरुको लागि विवाह गरेर गएको घरमा काम गर्ने मानिसको सहायता चाहिनेसमेत हुन जान्छ ।

हिसाब किताबमा सक्रिय – विवाहभन्दा पहिला घरायसी खर्चमा कुनै वास्ता नराख्ने युवती विवाहपछि भने आर्थिक कारोबारमा सक्रिय बन्न खोज्छन् । विवाह भन्दा पहिला बैंकमा खाता नहुने र खोल्ने आवश्यकता नठान्नेहरुले समेत विवाह पछि बैंकमा खाता खोल्छन् भने घरायसी हिसाबकितामा पनि सक्रियता जनाउँछन् । कसले कति कहाँ खर्च गर्यो, पतिलाई खर्च विवरण माग्ने लगायतका कामा सक्रिया हुन्छन् । ।

आमालाई फोन – विवाह भन्दा पहिला कतै गएको बेलामा आमाले फोन गरेमा झ-र्कने छोरीले विवाह गरेपछि आमालाई आफैं फोन गर्छन् भने आमाको फोनको प्रतिक्षा गर्छन् । विवाहपछि आमालाई धेरै महत्व दिने र विवाह गरेर गएको सासू र परिवारलाई कम महत्व दिने भएका कारण पनि कयौं घरहरुमा वि-वाद हुने गरेको छ ।

नन्द जेठानीसँगको प्रतिस्पर्धा – विवाहभन्दा पहिला बहिनी वा भाउजु वा अरुले के लगाए वा के किने भन्ने कुरामा युवतीको खासै चासो रहँदैन । आफूलाई मन परेको र मर्जी अनुसारका कपडा र अन्य गरगहनामा चासो राखेका हुन्छन् तर विवाह गरेर गएपछि नन्द वा जेठानीसँग प्रतिस्पर्धा शुरु हुन्छ । कपडा, फेसन लगायत हरेकमा नन्द जेठानीसँगको प्रतिस्पर्धा शुरु हुन्छ । नन्दले वा जेठानीले यसो गरिसकी भन्दै उनीहरुको मन शान्त रहन सक्दैन ।



सुखी पत्नी र दुखी पति – विवाहभन्दा पहिला पुरुषको मन पर्ने बानी पनि विवाह पछि युवतीलाई मन पर्न छोड्छ । विवाह गरेर गएपछि युवतीका लागि आफ्नो भाइ संसारकै सबैभन्दा दुखी पति लाग्छ भने बहिनी, जेठानी र नन्द जस्ता महिला सबै भन्दा सुखी लाग्छ ।

पहिलासँग तुलना – हरेक युवतीले विवाह पछि गुनासो गर्छन् । विशेषगरि पतिसमक्ष उनीहरुको गुनासो हुन्छ । तपाई पहिलाको जस्तो हुनुहुन्न । फेरिनुभयो जस्तो शव्द उनीहरुको नियमित बन्न जान्छ ।

विवाह पछि पनि व्यक्ति वा पुरुष पहिलाको जस्तै कसरी रहन सक्छ र ? भन्ने चाहिँ उनीहरुले सोच्दैनन् । । पारिवारिक झमेला, सम्बन्ध र जिम्मेवारीले गर्दा सबै परिवर्तन हुन्छन् तर पति र पत्नीले बुझ्ने हो भने समस्या नै पर्दैन ।



Leave a Comment