तारा बाहेक अरुको चान्सै छैन ✾ Tara Shreesh Magar – FAN


भनिन्छ जन्मजात मान्छेमा भगवानले एउटा क्षमता दिएर पठाइएको हुन्छ रे जस्लाई “God Gift ” पनि भन्ने गरिन्छ । सायद तारा श्रीस मगर पनि त्यहीँ ” God Gift ” को एउता उदाहरण हुन ।

बाबा बुद्दीमान श्रीष र आमा माया श्रीषको कोखबाट वि.स २०४८ असार २३ गते हालको बाग्लुङ जिल्लाको जयन्ती गाउँ पालिका वडा न : ९ केउइखानीमा जन्मेकी तारा श्रीष मगरको कथा निक्कै लामो र निक्कै लामो र संघर्षपूर्ण छ तथापी हामी यहाँ छोटकरीमा उनको केही संघर्षको कथाहरु समेट्न चाहन्छौ ।



सानै बाट गीत गाउन रुचाउने तारा अलि कति कम बोल्ने र लजालु स्वभाबको हुनाले ताराले गाउछ भन्दा कसैलाई पनि पत्यार नलाग्ने गरेको उनले बताउछिन् ।

तर आफू ९ कक्षा पढ्दै गर्दा बाबा प्यारालाइसिस रोगबाट ग्रसित भएपछी उनको परिवारको आर्थिक अवस्था निक्कै दैनिय भएको उनले बताउछिन् ।

९ कक्षा पढ्ने उमेरबाटै पैसा कामाउनकै लागि गीत गाएकीताराले गीत गाएर कमाएको पैसाले +२ गरिन साथै घरको आर्थिक अवस्था निक्कै कमजोर भएकोले आफ्नो भाईहरुलाइ समेत गीत गायरै पढाएको सुनाइन् ।

वि:स : २०६५/ ६६ बाट पोखराको,ओपल हाउस गजल साझ, मा काम गर्न सुरु गरिन , साथै केही समय पछि फेवा दोहोरी साझमा आधुनिक गायिकाको रुपमा काम गरिन ।

नेपाल टेलिभिजनबाट प्रसारित ( भोइस अफ टिन ) Voice of Teen मा ट्प १९ सम्म आइपुग्न सफल तारा पोखरामा आयोजित बिग आइकन ( Big Icon Pokhara ) को टप – ४ सम्म पुगेकी थिइन ।



आफ्नो साङगीतिक यात्रा र भबिष्यलाइ थप सुन्दर,सुनौलो र सफल बनाउने उदेश्यले २०७१ सालमा काठमाडौं पाइला टेकेकी ताराले ठमेल स्थित गामबेशी दोहोरी साझबाट पुनः आफ्नो संघर्ष सुरु

गरिन करिब १ बर्ष सम्म गामवेशी दोहोरी साझमा काम गरेकी तारा एक दिन गेष्टको रुपमा मालिङो गजलमा पुगिन, संगै जाने साथि भाइको करकापमै गेष्टकै रुपमा

गीत गाएकी ताराको स्वर राम्रो मानेपछि साहुले त्यही काम गर्ने अफर गरे र ताराले मालिङो गजलमा करिब ४ बर्ष गीत गाइन । यसै बिच विभिन्न मान्छेहरुले उनको

स्वर मन पारेर गीतहरु रेकर्ड गर्न अफर गरे, हाल सम्म, नेपाली, मगर, गुरुङ, तामाङ र हिन्दी भाषा गरि करिब ५ सय वटा भन्दा बढि गीतमा उनले स्वर भरी सकेकि छिन।

चलचित्र शिरफुलको भिरैमाथी भिरफुल, रोधिघरको आगन (कौराहा), रैया बुमोले (मगर गीत), खाएछकी कलेजो (सालैजो), झोर्ले साली ज्यु (मगर गीत )

लगायत दर्जनौं गीत अत्यन्तै चर्चामा छन।गीत संगीतकै शिलशिलामा यु.के, जापान, हङकङ, कतार कोरिया लगायतको देशमा पुगेकी गायिका तारा हाल चलिरहेको द भोइस

अफ नेपाल सिजन -३ मा टिम राजुबाट टप- ८ मा पुगेकी छिन अब आउदो शुक्रबार सोझै टप-४ मा छिनिने भएकोले आफ्नो सम्पूर्ण सुभचिन्तक

सुभेक्षुक र सपोटरहरुलाइ सक्दो धेरै भन्दा धेरै भोटको लागि अपिल गरेकी छिन । आधुनिक , पप, लोक सबै खालको गीतहरुलाइ

उतिकै न्याय दिएर गाउने भएकोले पनि तारा श्रीष मगर सबैको रोजाइमा परेकी छिन र सबैजनाले ताराको लागि भोटको अपिल गरेको विभिन्न सामाजिक संजालहरुमा देख्न पाइन्छ । भिडियो हेर्न तलको लिंकमा जानुहोस



Leave a Comment